समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

उत्तर बंगालमा पहिरो र बाढीले ३० जनाको मृत्यु

झापा । उत्तर बंगालमा आएको भारी वर्षा र पहिरोका कारण ३० जनाको मृत्यु भएको छ भने अझै पनि कैयौं व्यक्ति हराइरहेका छन्।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी ले भनिन् कि उनी स्वयṁ प्रभावित जिल्लाको अवस्थामाथि निगरानी गरिरहेकी छन् र राहत कार्यलाई तीव्र बनाइएको छ।

विज्ञापन (Advertisement)Advertisement

ममताले भनिन्, “प्रकृतिको प्रकोपले कठिनाइ ल्याएको छ, तर हाम्रो सामूहिक प्रतिबद्धता हो- कुनै पनि परिवार असहाय नहोस्।”

उनी हाल सिलीगुडी र जलपाइगुडी क्षेत्रमा राहत समन्वयमा व्यस्त छिन्। मुख्यमन्त्रीका अनुसार क्षतिग्रस्त पुलहरूको पुनर्निर्माण कार्य आजैबाट सुरु भएको छ र सुरक्षाका लागि लाइफ ज्याकेट वितरण गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)