झापा जिल्लाको कचनकवल गाउँपालिका–७ बस्ने १७ वर्षीया नाबालिगलाई त्यही स्थानका ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङले भदौ ५ गते बेलुकी करिब ६ बजेको समयमा पाथीभरा सामुदायिक वनमा ललाई–फकाई तथा डर त्रास देखाई जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोग लागेको छ।

यस सम्बन्धमा प्राप्त सूचनाको आधारमा प्रहरीले भदौ ८ गते दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको थियो। आज जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सम्मानित जिल्ला अदालतमा पेश गर्दा अदालतले ५ दिनको म्याद दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
