हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कतारमा अवैध कामदारलाई आममाफी

 कतारमा अवैध कामदारलाई आममाफी दिइने भएको छ । आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका लगायतका गैरकानुनी हैसियतका कामदारलाई बिना कैद र बिना जरिवाना सहितको आममाफी दिन लागिएको कतार सरकारले जनाएको छ ।

Advertisement

कतारको आन्तरिक मन्त्रालयका अनुसार सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकेको छ ।

Advertisement

आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदारले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर नाम दर्ता गराउनु पर्नेछ ।

२०१५ को कानून नं ​​२१ को प्रावधान अनुसार आप्रवासीको निवास तथा प्रवेश र गमन को नियम अन्तर्गत प्रक्रिया सुरु गरिएको आन्तरिक मन्त्रालयले बताएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)