इलाम । मेची राजमार्ग अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ पाल्टाङ्गेमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको दुःखद मृत्यु भएको छ। बिहान करिब ११:३५ बजे बिर्तामोडबाट इलामतर्फ आउँदै गरेको प्र१-०१-०१८ प १५२० नम्बरको मोटरसाइकल दुर्घटनामा पर्दा झापा बिर्तामोड नगरपालिका–५ का ५० वर्षीय मनोज चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुले गुडिरहेको अवस्थामा अचानक ब्रेक लगाउँदा पछाडि सवार चौधरी सन्तुलन गुमाएर सडकमा लड्न पुगेका थिए। सोही समयमा विपरीत दिशाबाट जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउकोमा किचेको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण चौधरीको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।

घटना लगतै प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक कानुनी तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक साहुलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ भने उनको अवस्था सामान्य रहेको र बोल्न सक्ने स्थितिमा रहेको बताइएको छ। प्रहरीले ट्रक र चालक पाँचथर हिलिहाङ गाउँपालिका–७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार