समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

कमल गाउँपालिकामा मिक्स्चर बोकेको ट्रयाक्टर दुर्घटना, १० जना घाइते

कमल, झापा । झापाको कमल गाउँपालिका–४ स्थित सरस्वती टोलमा सिमेन्ट मुछ्ने मिक्स्चर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १० जना घाइते भएका छन्। हिजो बिहान ९ बजे भित्री सडकखण्डमा दमकबाट क्याम्पा बजारतर्फ जाँदै गरेको प्र.१–०१–००१ त ९६९६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई मिक्स्चरको भाग सडकबाट तल पल्टिँदा सो दुर्घटना भएको हो।
​दुर्घटनामा परी घाइते भएका १० जनाकै दमकका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा कमल गाउँपालिकाका चित्रप्रसाद लिखासन, सन्तोष ऋषिदेव, सागर ढुङ्गाना, सुमन नेपाली र गजेन्द्र विक रहेका छन्। त्यस्तै दमक नगरपालिकाका हरि राजवंशी, निमा विश्वकर्मा तथा तराईका जिल्लाहरू बाराका जोखु पासवान, राजदेव साह र रौतहटका जनक साह घाइते भएका छन्। घाइतेहरूको दमक अस्पताल र दमक अस्पताल एन्ड रिसर्च सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
​इलाका प्रहरी कार्यालय दमकले दुर्घटनामा संलग्न ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इलामको चुलाचुली–५ बस्ने २४ वर्षीय भुवन विक रहेका छन्। घटनाको प्रकृति र ट्रयाक्टरको सन्तुलन बिग्रनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)