हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : “डढेलो”

कविता : “डढेलो”

Advertisement

परालका त्यान्द्रा जस्तै
उसको मन मस्तिष्कमा
अतितका स्मरण बोकेका
झझल्कोहरु
उन्माद रुपामा कुर्लिरहेका छन।
उ एक चिन्ता हो,
उ एक व्यक्ति हो,
उ आफैमा आफ्नो आशा हो,
उ आँफैमा आफ्नो भरोसा हो
उ एक गीत हो,
उ एक अनुभव हो
उ आँफैमा एक चक्षु हो।
चैत्र वैशाखको हुरीले
पात पतिंगर नचाए जस्तै
आज उसको मनमा
हुरीले यादहरु बतासिएका छन्।
प्रेमको झिल्कोले
उसको मनमा डढेलो लगाइदियो,
अनि उसको मनमा खरानी बाहेक केही रहने
र डढेलोलाई उसको आँखाबाट बगेका
आँसुका थोपाहरुले निबाइदिए।
बन्जर बनेको मनमा
नयाँ बीज रोपेर हुकाउन तयार
उ एक किसान हो ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)