उदासीनताले फुङ्ग उडेका अनुहारहरु
बेरोजगारीले सताइएका जीवनहरू
रिक्तताले विक्षिप्त छन्
नव वर्षले रित्याइँदै लगेका उमेरहरू

समयको बदलावसँगै
यहाँ झाङ्गिँदै छन् क्रुरताका पन्जाहरू
वर्षहरू थपिँदै छन् जीवनमा
झर्दै छन् स्वतन्त्रताका चङ्गाहरू

रस रंग हिंन छ जीवन यहाँ
अनौपचारिकताले जकडिएको छ
आडम्बर नियति बन्दैछ
हरपल जीवन व्यस्तताले रगडिएको छ।

साँघुरिँदै छन् मानवीय सोचाइहरू
फराकिँदै छन् मृत्युका दायराहरू
चुलिँदै छन् गगनचुम्बी महल यहाँ
उजाड हुँदैछन् सम्बन्धका बस्तीहरू

बसन्तको सुवास बोक्ने हावा पनि
दुर्गन्धित छ लासका गन्धसँगै
कलम बोक्ने युवा दुर्व्यसन र दुर्घटनाले
सन्त्रासयुक्त बन्दैछ जीवन अझै

समयसँगै बदल आफूलाई
नयाँ वर्ष सधैं खुसी लिएर आओस्।
पूरा गरोस् सबैका सोचाइहरु
मिलोस् अनि खुसी सधैं तिमीलाई

शान्ता उप्रेती
हल्दीबारी -१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
3
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार