हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “निर्दयी शास्त्र”

कविता: “निर्दयी शास्त्र”

Advertisement

उसले खसी बाख्रा पाल्यो,
गाई भैंसी पाल्यो,
राँगा, गोरु पाल्यो,
हाँस, कुखुरा पाल्य,
कुकुर, बिरालो पाल्यो
ती अबोध प्राणीलाई
माया र स्नेहको बोध गरायो।
ती अबोध प्राणीले पनि
उसलाई स्नेहको भावले हेरे,
उ नदेख्दा बाँ – बाँ गरी कराउँदै
उसलाई नै पर्खीए
भोजनको लागि
घाँस पातको लागि ।
उसले ती सबै प्राणीलाई
काटेर खायो।
एक दिन कुनै महात्माले
उसलाई भने
“तिमी पापी हौ
जीव जन्तुको हत्यारा हौ।”
उसले बोल्यो,
“म पापी नै हो,
पशुपतिले पशुको पालन गर्ने जस्तै
मैले पनि पालेर मारे
अनि खाएँ।
शास्त्रले मांश खान छुट दिएको छ
मांस प्रति आशक्त हुनेलाई
राक्षसी प्रवृति भनेको छ,
पशु पालेर हत्या नगरी माया गर्ने
बुद्ध बने,
निर्दयी शास्त्रले
मलाई पशुपालनको लागि हत्यारा बनायो।”
तब महात्माले बोलीदिए
“त्यसो भए तिमीले जनावरलाई देखाएको
माया र स्नेह धोखा हो ।”
उसले पुन बोल्यो
सही भन्नु भयो
“निर्दयी शास्त्र र समाज
माया प्रेम बिना पशुपालन सम्भव छैन।”

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)