• राज कुमार कार्की

दुई हजार सात साल फाल्गुन सात आजकै दिन।
एकहत्तर बर्ष अघि प्रजातन्त्र आयो बि पि लाई लिन।।

राणाको जहानियाँ एकतन्त्रीक शासनको छानो।
एक सय चार बर्षमा नै पो पुगेछ है तिनको मानो।।

राजालाई राणाको जालो बाट बि पि ले निकाले।
सत्र सालको कु बाट राजालाई सबले धिकारे।।

आयो शाहवंशको एकतन्त्रीक जहानियाँ शासन।
निरङ्कुश भएर ढल्यो छयालिस सालमा तिनको आसन।।

बन्यो भन्थे संसारको उत्कृष्ट प्रजातान्त्रिक संविधान !
जङ्गल पसे कोही छ्लाङ्ग मारेर ल्याउछु भनि नयाँ बिधान।।

जङ्गलले पनि हजुर किन हो धेरे नै पो भोग खायो !
जबर्जस्त राजा हटाएर गणतन्त्र नै पो त आयो।।

गणतन्त्रले पनि त जनतालाई बोल्न र खान दिएन।
भन्दै थिए ती कामरेडले गणतान्त्रिक संविधानले अपनत्व लिएन।।

गणतन्त्रमा त कति भए (भए हजुर छोटे नै पो राजा।
यस्तै चाल हो भने गणतन्त्र पनि कुन दिन हुनेछ जनताको खाजा।।

स्वतन्त्रता ल्याएर जनतालाई बोल्ने बनाए है बि पि ले।
यो संविधानमा पनि धक्का लाग्दैछ है फेरि यी नेताको ढिपिले।।

के के गर्छन् हेर्नु छ अब जंगली र शहरी राजाहरुले।
जनतालाई मुक्ति दिलाएको थियो हजुर दिन आजले।।

किन हो फेरि आजको दिनको महत्व नै पो हरायो !
भन्छन् होला कतिले यो कवि किन नै पो करायो।।

वास्तवमा प्रजातन्त्र आएको थियो बि पि कै नाउँमा।
सपना देखेका थिए तिनले एक घर र लैनो गाई गाउँ- गाउँमा।।

उठौ जागौ जनता हो पार्नलाई बि पि को सपना साकार।
उपस्थित बढाउ अब त प्रजातन्त्र र हिन्दु राष्ट्रको बढाउन आकार।।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार