क्वालालम्पुर, मलेसिया। मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ। आरटीएफसी मलेसियाको आयोजनामा भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्ने सौभाग्य प्राप्त गरेको हो।

​उपाधिसँगै विजेता टोली एन पेनाङ एफसीले भव्य ट्रफीसहित २२,००० (बाइस हजार) मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ। यसै गरी, उपविजेतामा चित्त बुझाएको न्यु ब्राइज क्लबले ११,००० (अघार हजार) मलेसियन रिंगिट नगद पुरस्कार र ट्रफीमा चित्त बुझाउनु परेको आयोजक समितिले जनाएको छ।

​प्रतियोगिताभरि नै अत्यन्तै उत्कृष्ट खेल प्रदर्शन गरेका सुरेश खत्री सर्वोत्कृष्ट खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता (हाई स्कोरर) घोषित भए। उनको सानदार प्रदर्शनले नै टोलीलाई उपाधि दिलाउन सबैभन्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

​प्रतियोगिताको समापन समारोहमा आयोजक आरटीएफसीका अध्यक्ष राजु तामाङले प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्‍याउने सम्पूर्ण प्रायोजक, स्वयंसेवक, खेलाडी, समर्थक तथा सरोकारवाला पक्षप्रति हार्दिक आभार प्रकट गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि मलेसियामा रहेका नेपाली समुदायबीच खेलकुदका यस्ता गतिविधिहरूलाई अझ बढी सशक्त र व्यवस्थित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​मलेसियामा कार्यरत नेपाली समुदायबीच निकै लोकप्रिय बन्दै गएको आरटी गोल्डकपले खेलकुदको माध्यमबाट आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्नमा ठुलो योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको प्रतियोगितामा पनि विभिन्न नेपाली टोलीहरूको उत्साहजनक र सराहनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार