पूर्व प्रधान केपी भन्थे
भारतले सिमाना मिच्यो
त्यसैले त निर्धक्क भई
चुच्चे नक्सा बन्यो
अर्का प्रधानमन्त्री भन्छन्
नेपालले भारत मिच्यो
छलफल गरी टुङ्गो लगाई
ल्याप्चे थिच्नै पर्यो
सिमानाका सिधा जनता
घर न घाटको बन्लान्
त्यही पीडाले कता बस्ने
अन्योलमा पर्लान्
भारतको मिडियाले
बालेनको बोली
त्यही बोलीले चर्चा पायो
के हुने हो भोलि
पूर्व पश्चिम उत्तर दक्षिण
कतापट्टि मिच्यौँ
देखाउ बालेन कुन सिमाना
जथाभावी बोल्छौ
संसद भवनभित्रै सांसद
कराउन थाले
बल्ल बल्ल सुन्या बोली
हातै हाल्न थाले
विरोध गर्न थाले सबै
त्यही बोलीले गर्दा
कतातिर कुन सिमाना
बुझाउनेछौ पर्दा
सगरमाथा शिर उँचो
गोर्खाली हुन् वीर
कहाँ झुक्छन् यी नेपाली
तिमीले चिन्या छ र ?

शान्ता उप्रेती
हल्दीबारी – १ (झापा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
3
+1
+1
+1
+1
















