हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “भजनात्मक”

कविता: “भजनात्मक”

Advertisement

भक्तजनहरू भजनमा व्यस्त थिए
“जय जगदीश हरे…प्रभु जय जय जगदिश हरे….
हरिका चरण उपासक कति कति पार तरे….”
उसले मूर्ख भक्तजनलाई हेर्यो
जो जगदिश नामले महादेवलाई पुकार्दैथे,
अनि सोही भजनमा
हरि नामले विष्णुलाई पुकर्दैथे।
यो भजन कसको भनेर उसले भक्तहरूलाई सोध्यो,
भक्त जोडले कराए
“भगवानको”
उसले सुरमा ताल दियो
अनि बोल्यो
“हरि र महादेव दुवै भएका
यो हरिहरको भजन हो”

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)