हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कविता : यस्तै यस्तै छ !

कविता : यस्तै यस्तै छ !

Advertisement

✍ शान्ता उप्रेती 

Advertisement

हेर्नुहोस् त !
मानव अस्तित्व नै धर्खराएको छ
शान्ति
त्यसै त्यसै पागल भई बरबराएको छ।
सभ्यता
उ त झन् मातेका खुट्टा जस्तो लरबराएको छ।
मानवताको मुटु चाहिँ
आत्मघाती पीडाले चर्चराएको छ।
जात र धर्महरू आफ्नै अहममा पोक्किएका छन्।
निर्धाहरूमा बलवानको रवाफ झोक्किएका छन्।
दाल र चामलको सट्टा
मालमा ताल ठोक्किएको छ।
भन्नुहोस् त
कुन चाहिँ देशमा शान्ति सुव्यवस्था कायम भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)