हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

केकी र वर्षासँग छमछमी नाचे मुख्यमन्त्री राई, साथ दिए प्रमोदले

सुदिप पौडेल : दमक ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई शनिबार चर्चित कलाकारसँग छमछमी नाचेका छन् ।

Advertisement

नेपालमा रहेका भुटानी शरणार्थीलाई सहयोग गर्दै आएको इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकका लागि निर्माण गरेको डे केयर भवनको उद्घाटन तथा सांस्कृतिक कार्यक्रममा शनिबार मुख्यमन्त्री राई नायिकाद्वय केकी अधिकारी र वर्षा राउतसँग छमछमी नाचेका हुन् ।

Advertisement

मुख्यमन्त्री राईलाई साथ दिन गायक प्रमोद खरेल, शंकर विसीसहितका कलाकार पनि नाचेका थिए ।

गायक प्रेमराजा महतले ’पानको पात’ बोलको गीत गाउँदा कलाकारसँग मुख्यमन्त्री राई नाचेका हुन् । गायक महतको आग्रहमा मुख्यमन्त्री नाचेका हुन् । गीत गाउनुअघि महतले मुख्यमन्त्रीलाई नाच्न र उनलाई साथ दिन केकी र वर्षालाई आग्रह गरेका थिए ।

सो कार्यक्रममा मुख्यमन्त्री राईले आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको बताए ।

नेपाली गीतसंगीतप्रति चासो र चिन्ता रहेको बताउँदै उनले विभिन्न कलाकारकाे क्षमताबारे बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)