हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कोरोना अस्पतालमा आगलागी, कम्तीमा १० जनाको जलेर मृत्यु

रोमानियाको एक कोरोना अस्पतालमा आगलागी हुँदा कम्तीमा १० जनाको ज्यान गएको छ । शनिबार भएको आगलागीमा परी अन्य केही गम्भीर घाइते भएका विवरणहरू प्राप्त भएका छन् । यसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको समाचार एजेन्सी एपीले जनाएको छ ।

Advertisement

एपीका अनुसार उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा आगलागी भएको हो । बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर समेत जलेर गम्भीर घाइते भएका छन् ।

Advertisement

ती डाक्टरलाई आर्मीको विमानमार्फत राजधानी लगिएको छ । अधिकारीहरूले अस्पतालमा विद्युत सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)