काठमाडौं । जर्मनीमा कोरोनभाइरस(कोभिड १९)विरुद्धको खोप भनेर आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा भएको छ ।

जर्मनीको नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा आठ हजारभन्दा बढी मानिसलाई कोरोना खोपको सट्टा सलाइन पानी लगाइदिएको शंकापछि उनीहरुलाई कोरोना खोप लगाउन आग्रह गरिएको बीबीसीले जनाएको छ ।उक्त घटनाबारे त्यहाँको प्रहरीले अनुसन्धान पनि थालिसकेको छ ।

प्रहरी अनुसन्धानले आरोपित स्वास्थ्यकर्मीले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि गरेको बीबीसीले जनाएको छ ।प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ।जर्मनीका क्षेत्रीय प्रसारक एनडीआरका अनुसार आठ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ।