हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कोरोना संक्रमित बढेपछि चीनका दर्जन बढी शहरमा लकडाउन

लगातार तेश्रो दिन पनि १ हजार भन्दा बढी कोभिड संक्रमित भएपछि चीनका दर्जन बढी शहरमा लकडाउन गरिएको छ । कोरोना भाइरसको उत्पत्ति भएको वुहान शहरमा पनि लक डाउन गरिएको छ । त्यहाँका ८ लाख मानिसलाई आउँदो आइतबारसम्म घरबाट बाहिर ननिस्किन निर्देशन दिइएको छ ।

Advertisement

त्यहाँ पछिल्लो हप्तामा दैनिक २०–२५ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । आईफोन उत्पादन गर्ने सबैभन्दा ठूलो कारखाना रहेको झेङझाउ शहरका साथै चीनको चौथो ठूलो आर्थिक केन्द्र ग्वाङझाउ पनि प्रभावित भएको छ ।चीनको राष्ट्रपति सी जिनपिङले शून्य कोभिड नीतिमा कुनै परिवर्तन नहुने संकेत गर्दै ‘भाइरसको फैलावट रोक्नका लागि जनयुद्ध’ गर्नु पर्ने भनेका थिए ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)