हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कोशी प्रदेशका ११ महिला खेलाडी प्रदेश स्तरिय कवड्डि प्रतियोगितामा भाग लिदै

भद्रपुर । प्रदेश स्तरीय महिला कबड्डि छनौट कार्यक्रमको भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यता एवम झापा जिल्ला कवड्डि संघका उपाध्यक्ष सुटलाल राजवंंशीको अध्यक्षतामा सम्पन्न भएको छ ।

Advertisement

यहीँ असार ४ देखि काठमाडौमा संचालन हुने प्रदेश स्तरिय महिला कवड्डि प्रतियोगितामा सहभागी हुनेका लागि महिला खेलाडीको छनौट छनौट समितिका संयोजक उत्तम राजवंंशीले जानकारी दिए।

Advertisement

उनका अनुसार कोशी प्रदेशबाट छानिएका १८ खेलाडीहरुलाई बन्दसत्रमा राखेर छनौट प्रक्रिया अगाडि बढाइएको छ ।बन्द सत्र बाट छानिएका ११ खेलाडीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिने छन।

कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल,उप-प्रमुख राधा कार्की , अखिल नेपाल कवड्डी संघका केन्द्रिय उपाध्यक्ष रतिया राजवंंशी,भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र झापा जिल्ला खेलकुद विकास समितिका सदस्य शमशेर मोक्तान लगायतले शुभकामना राखेको कार्यक्रमको सहजीकरण संघका जिल्ला सदस्य उत्तम राजवंंशीले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)