हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

क्यानाडाका प्रधानमन्त्री युक्रेनमास् राष्ट्रपति जेलिन्स्किीसँग भेटवार्ता

क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रयुडेउ युक्रेन पुग्नुभएको छ । उहाँ आइतबार युक्रेन पुगेको समाचारमा जनाइएको छ । प्रधानमन्त्री ट्रयुडेउले आइतबार नै युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीसँग भेटवार्ता पनि गर्नुभएको बताइएको छ ।

Advertisement

उहाँहरुका बीचमा युक्रेनको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको थियो । त्यस अवसरमा क्यानाडाले युक्रेनलाई गर्ने सहायताका बारेमा कुराकानी भएको थियो । त्यसक्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले रुसका विरुद्धमा थप नाकाबन्दीका लागि आग्रह गर्नुभएको थियो ।

Advertisement

साथै राष्ट्रपति जेलिन्स्किीले क्यानाडासँग युक्रेनका लागि थप सैन्य तथा अन्या मानवीय सहायता सामग्रीहरुको माग गर्नुभएको थियो । त्यस अवसरमा क्यानाडाली प्रधानमन्त्रीले युक्रेनका लागि थप सैन्य सहयोग र अन्य आर्थिक सहायतासम्बन्धी प्याकेजको पनि घोषणा गर्नुभएको समाचारमा जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)