हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

क्यानाडेली वायुसेनाको सैनिक विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

ओट्टावा / क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

Advertisement

सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ ।

Advertisement

प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताउनुभएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)