समाचार
हल्दिबारी संवाददाता ९ महिना अगाडि

खोलामा डुबेर बाह्रदशीमा पुरुषको मृत्यु

झापा, १८ असोज । झापाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मु घाघरा खोलामा डुबेर मृत्यु भएको छ ।

शनिबार बिहान करिब १०:३० बजे खोलो तर्ने क्रममा खुट्टा चिप्लिएर मुर्मु डुबेका थिए । स्थानीयले देखेर तत्काल उद्धार गरी घरतर्फ लैजाने क्रममा नै उनको मृत्यु भइसकेको जनाइएको छ ।

विज्ञापन (Advertisement)Advertisement

घटनास्थल तथा शवलाई सुरक्षित राखिएको छ । थप अनुसन्धान र कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा SOCO टोली समेत खटिएको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमपछि मृतक मुर्मुको शव उनका छोरा श्याम मुर्मुले जिम्मा बुझेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)