हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गगन थापाले प्रधानमन्त्रीलाई भने – अब सरकार चलाउने वैधता तपाईंसँग रहँदैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् ।

Advertisement

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डललाई मेन्सन गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।थापाले नयाँ अध्यादेशका विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री ओलीलाई सोधेका छन्, ‘महासंकटको यो क्षणमा यी अध्यादेशहरू जारी गर्ने तपाईंको उद्देश्य र नियत समयले थप प्रस्ट्याउने नै छ ।

Advertisement

संविधानको मर्म विपरीतका यी कदमको सामना गर्छौ नै । संकटको यो घडीमा तपाईंको यस्तो प्राथमिकताले यो भने प्रस्ट बनायो कि सरकार चलाउने वैधानिकता तपाईंसँग रहला,वैधता भने अब रहँदैन ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)