झापा । आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार, पौडेलको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

गत शनिबार दिउँसो उनले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी थिइन्। तत्काल उद्धार गरी अस्पताल पुर्‍याइए पनि आज उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएकोछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार