समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

गौरादहका मेयर सुवेदीमाथि घरमै पुगेर हातपात, एक जना पक्राउ

झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै गएर कुटपिट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारीका ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेको अवस्थामा मेयर सुवेदीको घरमा पुगेर गालीगलौज गर्दै हातपात गरेका थिए।

विज्ञापन (Advertisement)Advertisement

मेयर सुवेदीले सिटौला एक्कासि घरमा आएर विवाद सुरु गरेको बताए। “किन घरमा आउनुभयो भन्ने थाहा छैन, कुनै रिसइवीबारे पनि जानकारी छैन,” उनले भने।

प्रहरीले घटनामा संलग्न सिटौलालाई नियन्त्रणमा लिएको जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)