समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

गौरादहमा माछा मार्न राखेको तार सर्ट भएर करेन्ट लाग्दा रामकुमारको मृत्यु

झापा — झापाको गौरादह नगरपालिका–६ र गौरीगञ्ज गाउँपालिका–६ को सीमा क्षेत्रमा पर्ने रामचन्द्रे खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा एक पुरुषको मृत्यु भएको छ।

गौरादह–६, आरतिनगरका ५० वर्षीय रामकुमार ताजपुरिया घरबाट करिब २०० मिटर उत्तर–पश्चिम रहेको खोलामा २२‍० भोल्टको लाइन जोडेर माछा मार्ने क्रममा तार सर्ट भई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

घटनाबारे मृतकका श्रीमती फुलकुमारी ताजपुरिया ले देखेपछि प्रहरीलाई खबर गरेको बताइएको छ। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर शव खोलाबाट उठाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)