समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

चट्याङ लागेर तीन महिला घाइते, एकको अवस्था गम्भीर

गुल्मी । जिल्लाको मालिका गाउँपालिका–२ दर्लिङमा शुक्रबार दिउँसो परेको चट्याङका कारण तीन जना महिला घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घाइते हुनेमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरू खड्का र २९ वर्षीया विष्णु खड्का रहेका छन्। उनीहरूलाई चट्याङ लाग्दा घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारूका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। सबै घाइतेलाई उपचारका लागि तम्घास अस्पताल पठाइएको छ।
घटनामा तीन वटा बाख्रा पनि मरेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)