नकुल काजी। स्वाँठ झ्याप्ले इण्डेन केटा थे । सब्से इन्पाेरट्यानमा थ्याे समाराे फिनिसिन लाग्दा भ’काे च्या-नस्ता आइटीमकाे पाेरगाम । चाना-मट्टर र नयाँ-नुतन आलुकाे लदबदे झाेलाइलाे सभ्जी, गाेल्भेँडा र प्याज मिस्कट पि…राे अचार, काँक्रा र मूलाका चाना एक भाँडाे राखिएकाे दिर्स्से झन लाेभाइलाे थ्याे । पुरी खानेलाई पापान्टा पुरी र च्यूरा खानेलाई भुज्या सराेबरी मिस्कट च्यूरा अनि तेसपछि बाक्लाे दूदसरिकाे च्या टन्न थ्याे ।”….
उसले उसकाे हातकाे कागज हेर्दै भन्दै गयाे -“साे-उक्त समाराेमा भासन भन्नेहर्काे नामेराेल लिस्टी मैले अथ्बा ऐंसेलु झाँगेले नै ख्यार-ख्यार लेखेर दिया हूँ केरे । र, तेस अन्सार भासन भन्नेहेरूबड आउँदाे-अगामी एलेक्सिनका र भाेटका कुरा टन्नै उठ्नु साभाभिकै थ्याे । काङरेस, राप्पपा, रासाेपा र माउबादीलाई जिताउने कुरा मात्तै पनि जम्मा भासनमा कतिपएले भनेका थे रभापनि टाेट्टलिङमा धेरैपएले चाइँने हामेरकै केप्पी बाकाे कडिएल कन्टाेलकाे पाटी एम्मालेलाई जिता’र फेरि-पुनहँ गन्तन्त्र बल्याे बनाउने कुरा नै भनेका थे भन्ने सुत्रकाे दाबी छ । किनभनेरभन्देखुन्, भासनकाे पालाे आकै ट्याममा मलाई दुईखेप लगालग थामिनसक्नु लेटिन लागाे र खाेला किनारमा जान बाद्दे भकाले म आफैले सुन्न पिटिस्सै नै पाइन ।”….
यति भनेपछि उसले कागज पट्याएर झाेलामा काेच्याे अनि झाेलाकाे खकन भिर्दै भन्याे-“लु अब मैले एस निउजकाे गुदी-गुदीबड एउडा रिठ्ठाे नछाडी हाेल डिट्टेल इन्फाेरमिसन हुने गरी भनिहालें । म समाराेकाे रिपाेटिन गरेर निउज उठाउने ‘पत्रकार गर्न’ कति एसपाेट भएछु भन्ने, ताे मेराे काेसेलीकाे नबाब छाप खैनी ओठाँ चेपेर, तपइँ आफ्फै मुल्लेन्किन गर्नु । पछि-पछि आउँदाखेरी साे-उक्त पर्तिकिर्या सुनम्ला ! मलाई चइँ आर्काे ठामकाे निउज रिपाेटिनमा जान ढिला भइगाे र म तपइँबड फुटें पनि ।”-भन्दै र खुशी हुँदै ऊ त हिंडी पाे गाे गाँठे ! ….








