हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

चुनावमा कांग्रेस जिरो बन्छ, कांग्रेसलाई भोट हाल्न मेरै हात काँप्छ – सुजाता कोइराला

बुटवल, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको कारण पार्टी समाप्त हुन सक्ने बताएकी छन्।प्रेस युनियनले शुक्रबार रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा कोइरालाले सभापति शेरबहादुर देउवाको कारण पार्टी पतन हुन सक्ने बताएकी हुन्।

Advertisement

देउवाको कारण पार्टी भित्र अन्तरिक किचलो बढ्दै गएको हुँदा कांग्रेस पतन हुने खतरा रहेको औंल्याइन। फेरि पार्टी सभापति बन्ने लोभमा देउवाले पार्टी समाप्त पार्न खोजेको आरोप लगाइन्।

Advertisement

कांग्रेस अन्तरिक कलहमै रोमालिए आउने चुनावमा चुनावमा कांग्रेस ‘जिरो’ हुने उनको बुझाई छ। पार्टी भन्दा व्यक्ति ठूलो बन्ने प्रवृत्तिको कारण पार्टी धरापमा परेको उनले स्पष्ट पारिन्।“पार्टी सबैभन्दा ठूलो कुरा हो, व्यक्ति होइन। आन्तरिक विवाद नमिले आउने चुनावमा कांग्रेस जिरो बन्छ ।”,पार्टी समाप्त हुन सक्ने उल्लेख गर्दै उनले भनिन्।

पार्टी भित्र किचलो रहिरहे कांग्रेसलाई भोट हाल्न आफ्नै समेत हात काँप्ने उनको भनाई छ। अन्तरिक विवाद मिलाउन नसके अन्य कार्यकर्ताको पनि हात काँप्न सक्ने तर्फ पनि ध्यान दिनुपर्ने उनको भनाई छ।

यदि पार्टीभित्र गुट र यस्तै किचलो भैरहे म गिरिजाप्रसाद कोइरालाकी छोरीको हात पनि यो पार्टीमा भोट हाल्न काँप्छ । “,उनले भनिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)