हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

छोरी वेपत्ता भएको २१ बर्षपछि कुशको शव बनाएर गरियो दाहसंस्कार, काजकिरियामा बसे ८३ वर्षीय बृद्ध बुबा

छोरी वेपत्ता भएको २१ बर्षपछि कुशको शव बनाएर गरियो दाहसंस्कार, काजकिरियामा बसे ८३ वर्षीय बृद्ध बुबा

Advertisement

हल्दीबारी न्यूज़ डेस्क –
माओवादी  जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।

Advertisement

जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गर्दै २०२३ जुलाई ३०मा जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०२३ सितम्बर १मा तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो ।सो आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी दिए ।

‘अदालतले वेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदियो । त्यही अनुसार हामीले काज किरिया गरेका हौं । हामीले भने गत सितम्बर २ मा अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेका हौं,’ उनले भने ।

लक्ष्मी खतिवडा २००२ दिसम्बरमा माओवादी जनयुद्धमा पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । युद्धकै क्रममा उनलाई २००४ अगस्त २मा सुनसरी खनारको नहर पूर्वको सर्वसाधारणको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परेकी थिइन् ।‘दिदी पक्राउ परेको १५ दिनपछि हामीले खबर पायौं । त्यसपछि खोजीका लागि हामी त्यहाँ पुग्यौं । त्यहाँ पुग्दा पक्राउ परेको पुष्टि भयो । त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौं । कहाँ लगे भन्ने कुनै पत्ता लागेन,’ लक्ष्मीका भाई प्रेमले भने, ‘इटहरीमा रहेको सेनाको ब्यारेककै कार्यक्षेत्र भएको स्थानबाट पक्राउ परेको हो । बेपत्ता बनाएको पनि त्यहीँबाट होला ।’

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि तत्कालीन शाही सेनाले निर्घात कुटपिट गरेको पाएको उनले बताए । कतै फेला नपरेपछि उक्त परिवारले माओवादीलाई नै बेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएका थिए ।‘सरकारमा पनि पार्टी गयो । दिदीको अवस्थाबारे पार्टीले नै खोजी गर्नुपर्छ भन्ने थियो । तर, कुनै पत्ता नलागेपछि बुबाले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिएको हो । अदालतले घोषणा गरेपछि दाहसंस्कार गरिएको हो,’ प्रेमले भने ।

सत्यनिरूपण तथा बेपत्ता छानविन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको छ । उक्त ऐन जारी भएपछि उनको अवस्थाबारे केही जानकारी आउँथ्यो कि रु भन्ने प्रश्नमा उनले भने, ‘अदालती प्रक्रिया अगाडि नै सुरु भएको कारण अदालतको मृत्युको न्यायिक घोषणापत्रको आधारमा काजकिरियिा गरेका हौं ।’१९८० जनबरी ७मा भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी उनी परिवारसँगै १९९३सालमा सुनसरीको बौकामा बसाईँ आएकी थिइन् । त्यहाँबाट २००४ सालमा मोरङको साविक हसन्दह गाविस १ चिलाझारमा बसोबास गरिरहेका खतिवडा २००२ सl दिसम्बरमा जनयुद्धमा हिँडेकी हुन् ।

उनका ८३ वर्षीया वृद्ध बुबा र ७८ वर्षीया आमा रत्नकुमारीका साथै पाँच दाजुभाई र दुईजना दिदीबिहीनी रहेका छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)