झापा । व्यक्तिगत खुशीलाई सामाजिक सेवासँग जोड्दै मेची–महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाकी सह–कोषाध्यक्ष सिता अधिकारी तिम्सिनाले आफ्नो जन्मदिनको अवसरमा उदाहरणीय कार्य गर्नुभएको छ।
कन्काई नगरपालिका वडा नं. १ स्थित “सुस्वस्थ मनस्थिति सरोकार समाज नेपाल” मा करिब ९ हजार रुपैयाँ बराबरको अति आवश्यक खाद्यान्न सामग्री वितरण गर्दै उहाँले मानवताको सुन्दर सन्देश प्रवाह गर्नुभएको हो।
कार्यक्रम संस्थाकी अध्यक्ष गंगा भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले उपस्थित रहनुभएको थियो भने विशेष अतिथिका रूपमा “सुस्वस्थ मनस्थिति सरोकार समाज नेपाल” की अध्यक्ष शान्ता पोखरेलको गरिमामय उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारीले कुशलतापूर्वक गर्नुभएको थियो भने स्वागत मन्तव्य जिल्ला सदस्य जुनु भट्टराईले व्यक्त गर्नुभएको थियो। साथै कार्यक्रममा प्रीति मगर तथा समाजसेवी श्याम तिम्सिनालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
जन्मदिनलाई केवल व्यक्तिगत उत्सवमा सीमित नराखी समाजप्रति उत्तरदायित्व निर्वाह गर्ने माध्यमका रूपमा रूपान्तरण गरिएको यस कार्यले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ। यस्ता कार्यहरूले सामाजिक एकता, सहकार्य र मानवताप्रति विश्वास अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।
