हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

जसपाबाट आलमको राजिनामा

हल्दिबारी न्यूज डेक्स , बिर्तामोड ,१ असोज / जनता समाजवादी पार्टी नेपाल झापा जिल्ला समितिका बरिष्ठ सदस्य बाहृदशी गाउं पालिका निबासी मोहम्मद जफिर आलमले एक बिज्ञप्ति जारी गरी पार्टीको पदीय जिम्मेवारी सहित साधारण सदस्य समेतबाट दिएको जनाएको छ ।

Advertisement

उक्त बिज्ञप्तिमा बरिष्ठ सदस्य आलमले आफूले पार्टी संगठनमा आबध्द रही पार्टी एकिकरण हुदाको अबस्थामा रहेर काम गरेको उल्लेख।बिज्ञप्तिमा छ। आलमले आफनो राजनीतिक यात्रा २०६३ देखि बामपन्थी राजनीतिक संगठनबाट राजनीति शुरु गरेको बताए ।

Advertisement

बिज्ञप्तिमा भनिएको छ कि जसपा नेपाल पार्टी बिभाजन पछि राजनीतिक यात्रा सहज नरहने देखिएको र पार्टी संगठन भित्रै स-साना गुट ,समूहको कारण जातीय, साम्प्रदायिक अहंकार र एक पक्षले अर्को पक्षलाई निषेध गर्ने प्रबृतिले पहिचानबादी राजनीतिकों मुद्दा स्वस्वार्थमा राख्ने र ब्याख्या गर्ने कारण भ्रममा रहने प्रति आफू त्यस चरित्रको राजनीतिक मूल्य मान्यतामा सहमत नभएको हुदा पार्टीको साधारण सदस्य समेतबाट राजिनामा दिएको हो।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)