हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जुवाको खालमा श्रीमती हारे, जान नमान्दा संवेदनशील अ‌ंगमा एसिड खन्याए

देबाषिश शर्मा किशनगंज,बिहार। भारतको बिहारमा एक जुवाडेले आफ्नी श्रीमती हारेका छन्। जुवा खेल्ने क्रममा श्रीमतीलाई दाउवा राखेका ती जुवाडेले श्रीमती हारे। बिहारको भागपुर जिल्लका ती जुवाडेले श्रीमती हारेपछि घरबाट जान नमान्दा संवेदनशील अंगहरूमा एसिड खन्याइदिएका छन्।

Advertisement

पीडितका पतिले जुवामा श्रीमतीलाई हारे। र, जुन जुवाडेसँग हारेका थिए श्रीमतीलाई उसैसँग जान भनेका थिए। श्रीमतीले श्रीमानको कुरालाई इन्कार गरिदिइन्। त्यसपछि आक्रोशित बनेका श्रीमानले उनको शरीरमा एसिड खन्याइदिए।

Advertisement

एसिड छ्यापिसकेपछि आफूलाई पतिले घरमा कैद गरेर राखेको पीडित महिलाले बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। त्यसपछि उनी भागेर माइतीघर हसनगन्ज पुगिन्। र, उनका माइतीले लोदीपुर पुलिस स्टेसनमा घटनाबारे जानकारी गराएका छन्। बिहे गरेको १० वर्षसम्म पनि ती महिलाले आफू आमा बन्न नसकेको बताएकी छन्।

सोही आक्रोशमा पतिले आफूलाई यो सजाए दिएको उनको भनाइ छ। सोही रिसको झोकमा श्रीमानले संवेदनशील अंगमा एसिड छ्यापिदिएको उनले दु:खेसो पोखेकी छन्। उनको अहिले उपचार भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)