रुपन्देही । रुपन्देहीको बुटवलस्थित भाटभटेनी सुपर स्टोरमा जेनजी प्रदर्शनको क्रममा तोडफोड तथा लुटपाटमा संलग्न भएको आरोपमा शिक्षक शिवशंकर शुक्लालाई बर्खास्त गरिएको छ।
स्थानीय कालिका मानवज्ञान माध्यमिक विद्यालयले उनलाई आजदेखि लागू हुने गरी शिक्षक पदबाट हटाउने निर्णय गरेको विद्यालयका प्रधानअध्यापक दिनेश थापाले जानकारी दिएका छन्।
विज्ञापन (Advertisement)


प्रधानअध्यापक थापाका अनुसार विद्यालयले शिक्षकबाट यस्ता असामाजिक तथा गैरजिम्मेवार गतिविधि स्वीकार गर्न नसक्ने भन्दै कारबाही स्वरूप बर्खास्तको निर्णय लिएको हो।
यसअघि शुक्रबार भएको प्रदर्शनमा भाटभटेनी सुपर स्टोरमा ठूलो संख्यामा प्रदर्शनकारीले तोडफोड गर्दै सामान लुटपाट गरेका थिए। सो घटनामा संलग्न भएको भिडियो र प्रमाण सार्वजनिक भएपछि शुक्लालाई कारबाही गरिएको विद्यालयले जनाएको छ।