हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापाको गौरादहमा करेन्ट लागेर एक वृद्धाको मृत्यु

झापा, साउन ८ — झापाको गौरादह नगरपालिका–७ गच्यामारीमा करेन्ट लागेर एक वृद्धाको ज्यान गएको छ। आज साँझ ७ बजे घरमै घाँस काट्ने मेसिन चलाउने क्रममा करेन्ट सर्ट भई ७७ वर्षीया तेजकुमारी उप्रेतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार घाँस काट्ने मेसिनमा करेन्ट सर्ट भएर ब्लक भएको पाइएको छ। घटनास्थलमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको र विस्तृत विवरण संकलन भइरहेको जनाएको छ

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)