हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापाको बाहृदशीमा  बाटो विवाद: एक परिवार २६ वर्षपछि बाटोविहीन

राजगढ, झापा । झापाको बाहर्दशी गाउँपालिका–६ की लक्ष्मी तिवारीले २६ वर्षदेखि प्रयोग हुँदै आएको घर जाने बाटो छिमेकी शेखर तिवारीको परिवारले बन्द गरेको आरोप लगाएका छन्।

Advertisement

लक्ष्मीको भनाइमा, गाउँपालिकाको पहलमा ग्राभेल गरिएको र बत्तीको पोल गाडिएको सो बाटो जेसीबी प्रयोग गरी एक्कासी अवरुद्ध गरिएको हो। उनकी छोरी मुना तिवारीले पनि बाटो बन्द गर्नु अन्यायपूर्ण भएको बताइन्।

Advertisement

तर, शेखर तिवारीको दाबी फरक छ। उनका अनुसार, उक्त बाटो उनका हजुरबुवाले सहमतिमा प्रयोग गर्न दिएको भए पनि त्यो जमिन आमाको दाइजो हो। उनले पटक–पटक जग्गा खाली गर्न आग्रह गर्दा नसुनेपछि प्रहरीको सहयोगमा बाटो हटाई धान रोपिएको बताए। उनका अनुसार, आफ्नो सम्पत्ति जोगाउन गरिएको कदमले कसैलाई अनावश्यक बाधा पुर्याएको छैन।

गाउँपालिकाकी उपाध्यक्ष शान्ता खरेलका अनुसार, विवाद न्यायिक समितामा मुद्दाका रूपमा दर्ता भइसकेको छ। दुवै पक्षलाई राखेर  मिलापत्रको प्रयास भए पनि कागजी प्रमाणमा सहमति नहुँदा टुंगो लाग्न सकेको छैन।

गत सोमबार बाटोबाट बत्तीको पोल उखेलिएर धान रोपिएपछि लक्ष्मी तिवारीको परिवार घर जाने बाटोविहीन भएको छ। पीडित पक्षले आफूहरू ‘बन्धकझैँ’ अवस्थामा परेको गुनासो गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)