समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापाको बाह्रदशीमा जंगली हात्तीको आक्रमणबाट लिला राजवंशी घाइते

बाह्रदशी, झापा । झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिला गम्भीर घाइते हुनुभएको छ। आज (बिहीबार) बिहान करिब ५:४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नं. १ बोक्राझारी निवासी ५० वर्षीया लिला राजवंशीलाई हात्तीले आक्रमण गरेको हो।
​लखनलाल राजवंशीकी श्रीमती लिला आफ्नै निर्माणधिन पक्की घरमा पानी हालिरहेको अवस्थामा नजिकैको लक्ष्मीनाथ सामुदायिक वन (भागुडुब्बा) बाट आएको एउटा जंगली हात्तीले उहाँलाई अचानक आक्रमण गरेको थियो। हात्तीको आक्रमणबाट राजवंशीको शरीरको विभिन्न भागमा चोट लागेको र उहाँको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
​घाइते राजवंशीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको छ। पछिल्लो समय झापाका विभिन्न स्थानमा जंगली हात्तीको आक्रमण बढ्दै जाँदा स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। वन क्षेत्र नजिकै बस्ती रहेकाले बिहान र बेलुकाको समयमा थप सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)