हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापाको भद्रपुरमा जंगली हात्तीको आतङ्क, चार घरमा क्षति

भद्रपुर, झापा / मिति २०८२।०४।१३ गते ।जिल्ला झापा, भद्रपुर नगरपालिका–४ नमुना बस्ती क्षेत्रमा मिति २०८२ साल साउन १३ गते राति करिब १:०० बजे चारवटा जंगली हात्ती प्रवेश गरी स्थानीय बासिन्दाको घर तथा अन्नबालीमा क्षति पुर्याएका छन्। यद्यपि, घटनामा कुनै मानवीय क्षति भएको छैन।

Advertisement

प्राप्त विवरणअनुसार, हात्तीले निम्न व्यक्तिहरूको घर तथा अन्नबालीमा उल्लेखनीय क्षति पुर्याएको छ:

Advertisement

१. टेकनाथ पराजुली – भद्रपुर–४ निवासी पराजुलीको टिनको छानो र सिमेन्टको ब्लक भएको भान्सा घर भत्काएर हात्तीले घरभित्र पसेर अन्दाजि २० मन मकै खाएको छ। घटनाबाट करिब रु. ३५,००० बराबरको क्षति भएको अनुमान गरिएको छ।

२. प्रेम लाल भण्डारी – सोही स्थानका भण्डारीको टिनको छानो भएको भुइँतल्ले कच्ची घरको झ्याल फुटाई हात्तीले १ बोरा चामल खाएको छ। घटनाबाट करिब रु. ७,००० बराबरको क्षति भएको छ।

३. रिता बिक – रिता बिकको टिनको छानो र काठको बेरा भएको एक तल्ले कच्ची घरको वरन्डा भत्काई १ बोरा मकै खाएको छ। अनुमानित क्षति रु. ७,००० बराबर भएको छ।

४. जितबहादुर लिम्बु – करेला चोक निवासी लिम्बुको टिनको छानो भएको कच्ची घरको भान्सा कोठाको भित्तो भत्काइएको छ। साथै, निजकै ५ ओटा सुपारी र १० ओटा केराको बोटसमेत नष्ट गरिएको छ। कुल मिलाएर करिब रु. १३,००० बराबरको क्षति भएको अनुमान गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)