झापाको मेचिनगर र गौरादह क्षेत्रमा मङ्गलबार दुई प्रमुख घटनामा दुई जनाको मृत्यु र पाँच जनाभन्दा बढी घाइते भएका छन्।
पहिलो घटनामा, २०८२ सालको २६ गते बिहान ७:१५ बजे मेचिनगर नगरपालिका ७ स्थित प्यारी भित्ता बसपार्कमा ४०-४२ वर्षको एक पुरुष मृत अवस्थामा फेला परेका छन्। सो व्यक्तिको नाम र ठेगाना हालसम्म खुलेको छैन। प्रहरीका अनुसार, मृतक पुरानो बिग्रिएको को १ ख ७८३९ नम्बरको बसमा सुतेको अवस्थामा भेटिएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
दोस्रो घटना, २५ गते राति झापा गौरादह नगरपालिका ५ को चान्दुखोला स्थित भित्री सडकमा भएको सवारी दुर्घटनामा घटीएको हो। बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको खाली ट्याक्टर अचानक अनियन्त्रित भएर दुर्घटना भएको थियो। ट्याक्टरमा सवार ५ जनालाई घाइते अवस्थामा दमक अस्पताल ल्याइयो, जसमा ३५ वर्षीय महमत माजिमको मृत्युभएको छ।
घाइतेहरूमा सत्य नारायण राजवंशी (४९), संजित ऋषीदेव (२३), अभिजुल मिया (२३) र केलु मिया (३४) रहेका छन्। घाइतेहरूको अवस्था सामान्य देखि मध्याम रहेको अस्पतालले जनाएको छ।
ट्याक्टर चालक, ३८ वर्षीय यम प्रसाद राजवंशी भने दुर्घटनापछि फरार छन् र प्रहरी उनको खोजी गरिरहेका छन्। घटनाबारे विस्तृत अनुसन्धान चलिरहेको छ।


















