समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा अप्टिकल फाइबर तारसहित पाँच जना पक्राउ

झापा, २०८२ असोज २। झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दाबाट प्रहरीले चोरीको अप्टिकल फाइबर तारसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार बिहान ११:१० बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले नेपालबाट भारततर्फ पाँच बोरामा प्याक गरेर लैजाँदै गरेको अवस्थामा उनीहरूलाई शंकास्पद रूपमा फेला पारेको थियो।

विज्ञापन (Advertisement)Advertisement

पक्राउ पर्नेमा दुई जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। भारतीय नागरिकहरूमा भारतको दार्जिलिङ जिल्ला, पानिट्याङ्कीका २४ वर्षीय कातिक अधिकारी र सोही स्थानका ३४ वर्षीय राहुल अधिकारी छन्।

त्यस्तै, नेपाली नागरिकहरूमा झापा, बुद्धशान्ति गाउँपालिका, शीतल बस्तीका २५ वर्षीय विजय राजवंशी, इलाम, माई नगरपालिका-३, जौबारीका २७ वर्षीय दिनेश परियार र झापा, कचनकवल गाउँपालिका-३, डाँगीबारीका ४२ वर्षीय संजय माझी रहेका छन्।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा राखिएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)