झापा: भद्रपुर नगरपालिका वडा नं. ४, फुटानी चोकस्थित महेन्द्र राजवंशीको किराना पसलबाट ५०,००० रुपैयाँ नगद चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू २४ वर्षका सागर जैसवाल र २० वर्षका दिनेश कामती हुन्। उनीहरूलाई मिति २०८२/०५/१९ मा भद्रपुर नगरपालिका वडा नं. ६ स्थित बाटोमा हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय भद्रपुरका टोलीले पक्राउ गरेको हो।

घटनाको अनुसन्धानको क्रममा पसलमा जडान रहेको सीसीटीभी फुटेजको अध्ययनबाट अभियुक्तहरूको पहिचान भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाले मिति २०८२/०५/२० मा उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइ पाँच दिनको म्याद थप गरेको छ।