समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

झापामा पत्रकार महासंघद्वारा संविधान दिवस २०८२ खवरदारीसहित मनाइयो

विर्तामोड,  नेपाल पत्रकार महासंघ झापाले संविधान दिवस २०८२ खवरदारीका साथ मनाएको छ। विर्तामोडमा प्रभातफेरी सहितको र्याली र कोणसभाबाट कार्यक्रम सम्पन्न भएको हो।

हनुमान कम्प्लेक्स अगाडिबाट सुरु भएको र्याली मुक्ति चोक, अधुवा खोलाको पुल र इलाका प्रहरी कार्यालय बिर्तामोड हुँदै पुनः मुक्ति चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

विज्ञापन (Advertisement)Advertisement

कार्यक्रमको नेतृत्व पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए। विभिन्न संघ संस्थाका प्रतिनिधि र संचारकर्मीहरू सहभागी थिए। सहभागीहरूले “प्रेस स्वतन्त्रता जिन्दावाद”, “संविधान दिवस जिन्दावाद”, “संविधानको रक्षा गर”, “प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर”, “भ्रष्टाचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना” जस्ता नारा लगाएका थिए।

कोणसभामा पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा अध्यक्ष एकराज गिरी र मानव अधिकार सञ्जाल झापा संयोजक रुपक खनालले सम्बोधन गर्दै, लामो संघर्षपछि जारी भएको लोकतान्त्रिक संविधानको सुरक्षा सबै पक्षबाट सुनिश्चित हुनु पर्ने धारणा राखेका थिए।

कार्यक्रमले पत्रकारिता स्वतन्त्रता र संविधानको रक्षा प्रतिको समुदायको प्रतिबद्धता प्रष्ट पारेको छ।

नेपाल पत्रकार महासङ्घ झापा का उपाध्यक्ष शुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पाठकको रहेको थियो।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)