समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु


झापा । झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

मिति २०८२ साल ९ महिना ३० गते साँझ करिब ५ः३० बजेको समयमा बिर्तामोड नगरपालिका–६ स्थित किराँतचोक नजिकको भित्री सडकखण्डमा दुर्घटना भएको हो। बुट्टाबारीबाट किराँतचोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा चालक समर मुसलिम गम्भीर घाइते भएका थिए।

विज्ञापन (Advertisement)Advertisement


बिर्तामोड नगरपालिका–६ निवासी १८ वर्षीय मुसलिमलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा मिति १० गते दिउँसो करिब ३ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।


मृतकको शव सोही अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)