समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापामा लागुऔषध सहित पाँच जना पक्राउ

झापा, फागुन २ । जिल्ला झापाको भद्रपुर नगरपालिकाको सगरमाथा चोकमा गोप्य सूचनाको आधारमा लागुऔषध सेवन गरिरहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, शुक्रबार दिउँसो ३:४० बजे भद्रपुर प्रहरी कार्यालयबाट प्रनि मोतिलाल योन्जन तमाङको कमाण्डमा खटिएको टोलीले भद्रपुर–८ का जगत बहादुर मगरको घरमा लुकिछिपि लागुऔषध सेवन भइरहेको अवस्थामा उनीहरूलाई फेला पारेको थियो। नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइला पदार्थ प्लाष्टिकसहित तौल गर्दा १० ग्राम ३८० मिलिग्राम (प्लाष्टिक बाहेक ९ ग्राम ५८० मिलिग्राम) फेला परेको थियो। त्यस्तै, कृष्ण राजवंशीको नाममा रहेको मे १० प ३८ ७१ नम्बरको मो.सा. पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा रहेका छन्:
१) कृष्ण राजवंशी, भद्रपुर–८, झापा, २८ वर्ष
२) निशान मोहमत, भद्रपुर–८, झापा, १८ वर्ष
३) ईम्रान मोहमत, भद्रपुर–८, झापा, १९ वर्ष
४) निशान चौधरी, बिर्तामोड–३, २१ वर्ष
५) मोहमत जाहित, भद्रपुर–१०, २४ वर्ष
उनीहरूलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)