झापा । झापाको बिर्तामोडमा जेन्जी आन्दोलनको क्रममा सक्रिय रक्तदाता गोपाल सेडाईको गोली लागी दुःखद निधन भएको छ।
उनी चौबीसै घण्टा रगतको आवश्यकता भएको बिरामीलाई सहयोग गर्न सधैं अग्रपंक्तिमा खटिने समर्पित समाजसेवी रक्तदाताका रूपमा चिनिन्थे।
विज्ञापन (Advertisement)

आज उनको पवित्र पार्थिव शरीरलाई श्रद्धाञ्जलीसहित कन्काई धाममा अन्त्येष्टि गरिएको छ।सेडाईको निधनसँगै झापा जिल्लाले रगतको कमी नहोस् भनेर निःस्वार्थ भावले काम गर्ने एक अमूल्य व्यक्तित्व गुमाएको छ।
उनलाई श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय बासिन्दा र रक्तदाता साथीहरूले भने,“गोपाल सेडाई मात्र रक्तदाता होइन, उनी आशा र जीवनको प्रतीक थिए।”