झापा, २७ असोज – झापाको कन्काई नगरपालिका–४ कोटीहोमस्थित बाटो छेउमा मृत फेला परेका व्यक्तिको पहिचान भएको छ।
शनिबार साँझ करिब ६ बजे, करिब ५५–६० वर्ष उमेर देखिने अज्ञात पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको थियो। प्रारम्भिक रूपमा शवको पहिचान खुल्न नसके पनि घटनास्थललाई इलाका प्रहरी कार्यालय सुरुङगाबाट खटिएको टोलीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो।
विज्ञापन (Advertisement)

पछिल्लो जानकारीअनुसार, मृतक झापा शिवसताक्षी नगरपालिका–२ बस्ने ६४ वर्षीय मित्रबहादुर लिम्बु भएको पुष्टि भएको छ। उहाँलाई मृत अवस्थामा फेला परेको भान्जा मोहन लिम्बुले पहिचान गरेका हुन्। प्रहरीका अनुसार मृतकको श्रीमतीलाई समेत घटनाबारे जानकारी दिइसकिएको छ।
घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।