समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापा क्षेत्र नं३ : एमाले महाधिवेशन प्रतिनिधि चयनमा हल्दीबारी र १२दशीको बलियो उपस्थिति

नेकपा (एमाले) को एघारौँ महाधिवेशनका लागि झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि चयन गर्न हिजो सम्पन्न निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरिएको छ। निर्वाचन समितिका अनुसार कुल २,४१८ मतदातामध्ये १,८९४ जनाले मतदानमा भाग लिएका थिए।

खुला तर्फ तेस्रो स्थानसम्मको प्रतिस्पर्धा कडा रहेकोमा हल्दीबारी र १२दशी क्षेत्रको प्रभाव स्पष्ट देखिएको छ। कचनकवलबाट प्रतिनिधित्व गरेका बसन्त बानिया ९५७ मतसहित पहिलो भए पनि, हल्दीबारीका प्रदेशसभा सदस्य छविलाल चुडाल ७१६ मत र हल्दीबारीकै एमाले अध्यक्ष सापकोटा ६७८ मत ल्याउँदै विजयी बनेका छन्।

विज्ञापन (Advertisement)Advertisement

महिला क्लस्टरतर्फ पनि हल्दीबारी र १२दशी दुवै क्षेत्रले सशक्त उपस्थिति जनाएका छन्। दुई जनाको ठाउँमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा १२दशी गाउँपालिका उपाध्यक्ष शान्तादेवी खरेल १,३३९ मत प्राप्त गरी विजयी भइन्, भने हल्दीबारी गाउँपालिकाबाट कल्पना रेग्मी १,५१३ मत ल्याउँदै उच्च मतसहित निर्वाचित भइन्।

त्यसैगरी युवा क्लस्टरतर्फ पाँच उमेदवारबीचको प्रतिस्पर्धामा १२दशी गाउँपालिका पार्टी अध्यक्ष अग्नि (अनिल) प्रसाद सापकोटा ८६६ मत प्राप्त गर्दै विजयी बनेका छन्, जसले १२दशीको प्रभावलाई थप बलियो बनाएको छ।

यसपटकको परिणामले भद्रपुर नगरपालिकाबाट एक जनासमेत प्रतिनिधि चयन हुन नसकेको निर्वाचन समितिले जनाएको छ। समग्रमा हेर्दा, हल्दीबारी र १२दशी क्षेत्रको निर्णायक प्रभाव यसपटकको महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा स्पष्ट रूपमा अभिव्यक्त भएको विश्लेषकहरूको मत छ।

आगामी महाधिवेशनमा यी क्षेत्रमा चयन भएका प्रतिनिधिहरूले संगठनात्मक दिशा–निर्देशन तथा नेतृत्व चयनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)