हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

झापा भद्रपुरमा ग्यास लिक भएर आगलागी, भाँडाकुँडा सहित भान्सा कोठा जलेर नष्ट

झापा, भद्रपुर/मिति २०८२।०४।१३ गते ।  झापा जिल्ला भद्रपुर नगरपालिका–९ स्थित पुहाँतुबारी निवासी तारा चौलागाईंको दुईतले पक्की घरको पहिलो तलामा रहेको किचन कोठामा आज बिहान करिब ६:४० बजेको समयमा ग्यासमा आगो बाल्ने क्रममा अचानक आगलागी भएको छ।

Advertisement

उक्त आगलागीबाट भान्सा कोठामा रहेका भाँडाकुँडा तथा अन्य घरेलु सामान जलेर करिब रु ७०,००० बराबरको क्षति भएको अनुमान गरिएको छ। घरको अन्य कोठा भने सुरक्षित रहेको छ। यस घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति भएको छैन।

Advertisement

स्थानीयवासी, प्रहरी तथा भद्रपुर नगरपालिकाको दमकलको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन सफल भएका थिए। आगो लागेको करिब ३२ मिनेटपछि, अर्थात् बिहान ७:१२ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले आगलागीको कारण र थप विवरणबारे अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)