समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

झुम्का कारागारबाट फरार दुई कैदी झापाबाट पक्राउ

झापा — झुम्का कारागारबाट फरार दुई कैदी बन्दी झापामा समातिएका छन्। जिल्ला झापा–६ मेचिनगरमा इप्रका काँकडभिट्टा र तालुक प्रहरी कार्यालय झापाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शुक्रबार बिहान पक्राउ गरेको हो।

राजस्व छलि मुद्दामा सजाय भुक्तान गरिरहेका ५२ वर्षीय मदन पोखरेल र जेजे आन्दोलनसम्बन्धी मुद्दामा संलग्न ५८ वर्षीय उत्तम ठकुरी २०८२ भदौ २४ गते झुम्का कारागारबाट फरार भएका थिए। विशेष सुराकीका आधारमा प्रहरी टोलीले उनीहरूलाई आफ्नै घर–वतनैमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

विज्ञापन (Advertisement)Advertisement

उनीहरूलाई पुनः कानुनी कारबाहीका लागि सम्बन्धित कारागारमा पठाइने जनाएको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)