हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

तत्काल फेसबुक बन्द नगर्ने सरकारको निर्णय

हल्दिबारी । सामाजिक सञ्जाल दर्ता सम्बन्धी प्रक्रिया अघि नबढेपछि सरकारले तत्काल फेसबुक र अन्य सामाजिक सञ्जाल बन्द नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले यस विषयमा थप ७ दिनको समय दिई सामाजिक सञ्जाल सञ्चालन यथावत रहने निर्णय गरेको हो।

Advertisement

सरकारले केही दिनअघि सबै सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो। तर तोकिएको समयसीमा भित्र आवश्यक कागजी प्रक्रिया पुरा नगरेको भन्दै फेसबुक, टिकटक, युट्युब लगायतका प्लेटफर्म बन्द गर्न सक्ने सम्भावनाबारे चर्चा भइरहेको थियो।

Advertisement

आजको निर्णयअनुसार अब आगामी ७ दिनसम्म ती सञ्जालहरू चल्नेछन्। यसबीचमा सम्बन्धित कम्पनीहरूले दर्ता प्रकृया अघि बढाउनुपर्ने सरकारको भनाइ छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार, “सामाजिक सञ्जाल दर्ता अनिवार्य छ, तर प्रयोगकर्तालाई तत्काल असर नपर्ने गरी प्रक्रिया सहज बनाउन थप समय दिने निर्णय भएको हो।”

यसअघि सरकारको कठोर कदमका कारण प्रयोगकर्ताबीच मिश्रित प्रतिक्रिया आएको थियो। अहिले भने प्रयोगकर्ताले तत्काल राहत पाउने भएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)