समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

ताप्लेजुङमा आगलागी: चार घर जले, सबै सामग्री खरानी

ताप्लेजुङ, ३ मंसिर — मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर पूर्णरूपमा जलेका छन्।

गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार जलेका घरहरू इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका हुन्। चारवटै घरमा भण्डारण गरिएका खाद्यान्न तथा अन्य सामग्री पूर्णरूपमा खरानी भएका छन्।

विज्ञापन (Advertisement)Advertisement

पीडितका अनुसार, घरमा रहेका एकसरो लत्ताकपडाबाहेक सबै सामग्री जलेको छ। जिल्ला प्रहरी कार्यालयले आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालेको छ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)